प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको थियो । स्थलगत अनुगमनको क्रममा रसुवा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरू लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।