प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-५, कुलुवा स्थित मदन भण्डारी सडक खण्डमा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको स १० प २७१४ नम्बरको मोटरसाईकल विपरीत दिशा दुधौलीबाट डकाहा तर्फ आउँदै गरेको प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकी दुर्घटना हुँदा स १० प २७१४ नम्बरको मोटरसाईकल चालक जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५ बस्ने अन्दाजी वर्ष ३० को अनिल गुरुङको टाउको र छातीमा चोट लागी गम्भीर घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा निजको मृत्यु भएको छ । प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल चालक जिल्ला उदयपुर, कटारी नगरपालिका-४ बस्ने वर्ष २५ को रवाली शेखको टाउको, अनुहार र दाँया हात दाँया खुट्टामा चोट लागी गम्भीर अवस्थामा जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।