प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, मुग्लिङ नारायणगढ सडक खण्डको सिमलताल भन्ने स्थानमा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-४० प ०५५९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक जिल्ला रसुवा, उत्तरगया गाउँपालिका-४ बस्ने २१ वर्षीय राजेश पौडेल गम्भीर घाईते र पछाडी सवार सोही ठेगाना बस्ने २४ वर्षीय देब प्रसाद आचार्य मध्यम घाईते भई दुवै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेकोमा मोटरसाईकल चालक राजेश पौडेल उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।