प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०३-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, ओध्धालघारी बस्ने प्रकाश पौडेलको छोरा वर्ष अन्दाजी २५ को प्रताप पौडेल आफ्नै घर नजिक रहेको गाईको गोठमा फलामको रडमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५, रतनकोट धामीटोल बस्ने छेदुप लामाको छोरा अन्दाजी वर्ष ४७ को बुद्धछिरिङ लामा आफ्नै घरको छानोको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।