प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई ईलाका प्रहरी कार्यालय, पशुपतीनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले उक्त माईक्रोलाई  रोकी चेकजाँच गर्दा माईक्रोमा सवार देश भारत मोतिहारी ४ बस्ने वर्ष अन्दाजी १७ को धिरज कुमारले सटको बाउलामा लुकाई-छिपाई ल्याएको अन्दाजी ५/६ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको, निजको साथी जिल्ला बारा, ईटयाही गाउँपालिका-१२ बस्ने वर्ष अन्दाजी १४ को बिष्णु कुमार सहित दुबै जनालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।