प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

२०८०-०२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-४, समिडाँडा स्थित जलबिरे भित्री सडक खण्डमा चौताराबाट जलबिरे तर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटसाईकल आफैँ अनियन्त्रीत भई भीरबाट अन्दाजी १५० मिटर तल खस्दा जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ बस्ने अन्दाजी २२ वर्षीय प्रदिप माझी र जिल्ला सिन्धुपाल्चोक, चौतरा साँगाचोकगढी नगरपालिका-११, डुम्रे बस्ने बर्ष १७ को अनिल माझी निज दुबै जना घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।