प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

९२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ

२०८०-०२-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल स्थित हेटौंडा भैंसे सडक खण्डमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको BR01BN 1518 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ९२ किलोग्राम फेला परेको थियो । कार चालक देश भारत मोझपरपुर बस्ने अन्दाजी वर्ष १८ को अमित कुमार, कारमा सवार जिल्ला पर्सा, सिखरमाई गाउँपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय नैमुदिन मिया र जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१०, बाझोखेत बस्ने अन्दाजी ६० वर्षीय बुद्धिमान थोकरलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।