प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-७, चिसापानी बस्ने ५५ वर्षीय गणेश तामाङ घरबाट अन्दाजी २ किलोमिटर पूर्व चिसापानी जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको प्र.१.-०१-००१ ख ३६७३ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा निलो झोला भित्र रहेको ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । उक्त बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका-७, घर भई हाल बिराटनगर महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी १८ को आश नारायण चौधरीले ल्याएको भनी खुल्न आएको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।