प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट र चितवनमा झुण्डी मृत्यु

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडा गाउँ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राई आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि नुवाकोट, बेलकोटगढी नगरपालिका-६, तल्लो अर्चले बस्ने अन्दाजी ३२ वर्षीय रोशन तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-४, पदमपुर बस्ने २७ वर्षीया रुपा न्यौपाने घिमीरे जिल्ला चितवन, भरतपुर महानगरपालिका-११, नौरङ्गे टाईगर ताल जाने बाटोको जंगलमा रहेको सालको रूखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि चितवन, भरतपुर महानगरपालिका-६, ढकाल चोक स्थित डेरा गरि बस्ने जिल्ला गोर्खा, गण्डकी गाउँपालिका-७ स्थायी घर भएका अन्दाजी २२ वर्षीय दिपेश सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।