प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्‍याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, कालिदमार स्थित भित्री सडक खण्डमा मिल डाँडाबाट हाँडीखोला तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३, हाँडीखोला बस्ने अन्दाजी ३० वर्षीय बीरमान रुम्बा, सोही ठेगाना बस्ने अन्दाजी २४ वर्षीय राजकुमार प्रजा र जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-४, सालघारी बस्ने अन्दाजी २० वर्षीय प्रविण प्रजा सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।