प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरूवा बन्दुक पड्कन गई एकको मृत्यु

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, मेगाङ गाउँपालिका-४, किम्ताङ गङमरङ सामुदायिक वनमा सोही ठेगाना बस्ने ३० वर्षीय अमृत तामाङ र अन्दाजी ३२ वर्षीय पन्जा घले शिकार खेल्न गएकोमा अगाडि हिडेको अमृत तामाङ एक्कासी लड्दा निजको साथमा लोड अवस्थामा रहेको भरूवा बन्दुक थान-१ पड्कन गई पछाडिको साथी पन्जा घलेको छातीमा छर्राले लागी मृत्यु भएको छ । निज अमृत तामाङलाई भरूवा बन्दुक थान १ सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।