प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एक तिर्थ यात्रीको मृत्यु

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, रामनगर स्थित भारतको गुजरातबाट पोखराको लागि तिर्थ यात्री लिएर आएको GAS01PC7890 नम्बरको ईन्डियन बसमा सवार गुजरात घर भएका वर्ष ५९ को बिष्णु पटेल अचानक बेहोस भई निजको गाईड राजकिशोर मधेशीले नयाँ मेडिकल कलेज भरतपुरमा ल्याई उपचार गराई रहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको ।  यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।