प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- कैदीको मृत्यु

२०७८-०६-२२

  • A
  • A-
  • A+
Share

असोज २२, भरतपुर महानगरपालिका-१० स्थित रहेको जिल्ला कारागार चितवनमा मिति २०७८।०६। १६ गते सुनसरी झुम्का कारागारबाट चितवन कारागार स्थानान्तरण भई आएका डाका गरी ज्यान मार्ने उद्योग केशको कैदी जिल्ला मोरङ बुढीगंगा गाउँपालिका-४ घर भएका वर्ष २९ को अजिन मियाँ क्यान्सरको बिरामी भई  उपचारको लागि भरतपुर अस्पताल भरतपुरमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यू भएको, लाशको पोष्टमार्टम कार्य सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।