प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन:- कैदीको मृत्यु

२०७८-०६-२२

  • A
  • A-
  • A+
Share

असोज २२, भरतपुर महानगरपालिका-१० स्थित रहेको जिल्ला कारागार चितवनमा मिति २०७८।०६। १६ गते सुनसरी झुम्का कारागारबाट चितवन कारागार स्थानान्तरण भई आएका डाका गरी ज्यान मार्ने उद्योग केशको कैदी जिल्ला मोरङ बुढीगंगा गाउँपालिका-४ घर भएका वर्ष २९ को अजिन मियाँ क्यान्सरको बिरामी भई  उपचारको लागि भरतपुर अस्पताल भरतपुरमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यू भएको, लाशको पोष्टमार्टम कार्य सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।