प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा निर्देशन सम्बोधन

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।१२।१७ गतेको निर्णायानुसार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले आफ्नो पदभार ग्रहण गर्नुको साथै प्रदेश प्रहरीको बस्तुस्थितिको बारेमा जानकारी लिनुभएको हो । पदभार ग्रहण पश्चात् प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।