प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

LP ग्यांस ट्याङकर पल्टिदा एकको मृत्यु

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४, पृथ्वीराजमार्गको लेवटार स्थानमा मुग्लिनबाट काठमाण्डौ तर्फ गई रहेको UP70DT6055 नम्बरको ट्याङकर आफै अनियन्त्रित भई सडक छेउमा पल्टंदा जिल्ला चितवन गितानगर ५ बस्ने वर्ष  अन्दाजी ३३/३४ को सन्तोष खनालको घटना स्थलमा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।