प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मोटरसाईकल नियन्त्रणमा

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, खरङ्गा स्थित भित्री सडक खण्डमा भाबरबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश ३-०३ प ३४५६ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय, मकवापुरबाट खटिएको गस्ती टोलिलाई देखी निज चढेको  मोटरसाईकल र निजले बोकेको झोला छोडी भागेको थियो । उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी ५ किलो ८०० ग्राम फेला पारी लागुऔषध र मोटरसाईकल नियन्त्रणमा लिइ चालकको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।