प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१४४ किलोग्राम लागुऔषध गाँजा बरामद

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले चितवनबाट पूर्व राजबिराज तर्फ जाँदै गरेको ना ६ ख ३०२१ नम्बरको डिब्बा ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाईछिपाई ल्याएको लागुऔषध गाँजा १४४ किलोग्राम फेला पारी उक्त ट्रक चालक जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-९, नामटार बस्ने अन्दाजी ३० वर्षीय शुबचन्द्र भोम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।