सवारी दुर्घटना हुँदा चालकको मृत्यु
२०७९-१२-०१
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-४, ठुलो गुन्डेङ स्थित भित्री सडक खण्डमा सानो गुन्डेङबाट भैँसे तर्फ आउदै गरेको ना २ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ८०/९० मिटर तल खोल्सीमा खसी दुर्घटना हुँदा अटो चालक जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैँसे बस्ने अन्दाजी ६५ वर्षीय सुब्बा बज्यु तामाङ घटना स्थलमै मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।