दोलखा र चितवनमा मानिस मृत अवस्थामा फेला
२०७९-११-२४
- A
- A-
- A+
दोलखा, जिरी नगरपालिका-६, पाटीटार बस्ने ४० वर्षीय टेका जिरेल घरदेखि अन्दाजी ३०० मिटर पूर्वतर्फ रहेको स्वाटे जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन,भरतपुर महानगरपालिका-२३, कसरा स्थित चितवन राष्ट्रिय निकुन्जमा माउतेको काम गरी बस्ने जिल्ला नवलपरासी कावासोती नगरपालिका-१५ घर भएको अन्दाजी ३७ वर्षीय सिखाराम महत्तो आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।