प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-६, भोर्ले स्थित बस्ने कुल बहादुर भारतीको छोरा वर्ष २१ को राजन भारतीले आफ्नै घर नजिक रहेको खर्सेटोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस्तै धादिङ, सिद्धलेक गा.पा.३, द्वार थोक बस्ने १५/१६ वर्षीया सुनिता उपरकोटी आफ्नै घरगोठमा नाम्लो डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हे.उ.म.न.पा.-०९, स्थित मदनपथमा बस्ने सुमित्रा वाग्लेको कान्छो छोरा अन्दाजी २०/२१ वर्षीय  प्रलाद वाग्ले आफ्नै घरको जस्ताको छानाको फलामको पाईपमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल न.पा. १२, खामपुर बस्ने ४२ वर्षीय  शान्ते भन्ने बिकि दनुवार ऐ. स्थित खटारमा शुभने खोला नजिक रहेको शम्भु खड्काको पानीको ईनार भित्र नाईलनको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।