प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा सवारी दुर्घटना, चालकको मृत्यु

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिवेशी नगरपालिका-९, रुपाकोट स्थित पिप्लामोड डुडेभञ्ज्याङ् भित्री कच्ची सडक खण्डमा बद्रीटारबाट रुपाकोट तर्फ ढुङ्गा बोकी जादै गरेको प्र ३-००१ क ६४५६ नं.को टिपर निर्माणाधिन सडक भास्सीन गई सडकबाट अन्दाजी २०० मिटर तल खस्न गई सवारी दुर्घटना हुदां चालक जिल्ला धादिङ धुनिवेशी नगरपालिका-५ बद्रीटार बस्ने वर्ष २९ को सानोकान्छा तामाङ  बि एन्ड बि अस्पताल, काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।