उपचारको क्रममा एकको मृत्यु
२०७९-११-१६
- A
- A-
- A+
सुर्खेत, भेरी गंगा नगरपालिका-९, स्थाई घर भई हाल जिल्ला रसुवा आमाछोदिङमो गाउँपालिका-५, चिलिमे स्थित निर्माणाधिन गुम्बामा काम गर्ने कालिभाङ बिश्वकर्माको छोरा अन्दाजी वर्ष २५ को धनसिङ बिश्वकर्मा काम गरिरहेको अवस्थामा अचानक छाति दुख्यो भनि उपचारको लागि जिल्ला अस्पताल रसुवा धुन्चेमा ल्याई उपचारको क्रममा मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ ।