प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-११-११

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको वस्तुस्थिती तथा सम्पादित कार्यहरूको जानकारी लिनुका साथै तालिम केन्द्र दक्ष प्रहरी उत्पादनको स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिविधीमा सहभागी हुन तालिम केद्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।