प्रहरी कार्यालय
नुवाकोट, किस्पाङ गाउँपालिका-१, भाल्चे स्थित प्रहरी चौकी किस्पाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले जिल्ला नुवाकोट किस्पाङ गाउँपालिका-१, भाल्चे बस्ने वर्ष अन्दाजी ६६ को बिरे बि.क.को साथबाट भरुवा बन्दुक १ थान, सोको छर्रा ५ वटा र खुकुरी १ थान फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
काभ्रेपलाञ्चोक, खानी खोला गाउँपालिका-१, अन्तरेडाँडा स्थित प्रहरी चौकी, फलामेटारको टोली गस्ति गर्दै जाने क्रममा सोही स्थान बस्ने ५१ वर्षीय आईतामान सिंह तामाङको घरमा लुकाई छिपाई भरुवा बन्दुक राखेको अवस्थामा फेला पारी बन्दुक सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।