प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवाः- भिरबाट लडी मृत्यु

२०७८-०६-१०

  • A
  • A-
  • A+
Share

असोज १०, उत्तरगया गाउँपालिका-२ डाँडागाँउ बस्ने वर्ष ५० को ज्ञान बहादुर अधिकारी घरबाट घाँस काट्न भनि हिडेकोमा निज घरमा अबेर सम्म नआएको हुँदा निजको घर परिवार तथा आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा निज मानिस भिरबाट अन्दाजी १०० मिटर तल लडी घाईते अवस्थामा फेला पारी निजको उपचारको लागी त्रिशुली अस्पताल नुवाकोटमा लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।