प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९ साल पौष २८ गतेको निर्णयअनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौं काज खटी जान लाग्नुभएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रहरी नायव महानिरीक्षक बज्राचार्यको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुका साथै फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरूले मायाको चिनो, माला, खादा र पुष्पगुच्छा प्रदान गरी प्रदेश प्रहरी प्रमुख बज्राचार्यको विदाई गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।