प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९ साल पौष २८ गतेको निर्णयअनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौं काज खटी जान लाग्नुभएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रहरी नायव महानिरीक्षक बज्राचार्यको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुका साथै फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरूले मायाको चिनो, माला, खादा र पुष्पगुच्छा प्रदान गरी प्रदेश प्रहरी प्रमुख बज्राचार्यको विदाई गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन सहित भारतीय नागरिक नियन्त्रणमा ।
२०८३-०१-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थित चेकपोष्टमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँच गर्दा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ६३५६ नं. को हाईसको पछाडीको सिटमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने उमेश जैसवालको छोरा वर्ष ४५ को शंकर जैसवालको पछाडी बोक्ने कालो झोलाको पछाडीको पकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।