प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-४ मास्टार स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेकोबा४ख २२९१ नं.को हाईस र सोहि दिशा काठमांडौ देखी भैरहवातर्फ जाँदै गरेको लु २ ख ४५९६ नं. बस बिच सवारी दुर्घटना हुँदा ४ जना मानिस घाईते भएका छन । दुर्घटनामा हाईसमा सवार भएका ४ जना व्यक्तिहरु मात्र घाईते भएका छन । घाईतेहरुको उपचार स्थानिय मेडिकलमा भईरहेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।