प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६ पोखरे खोला स्थित भित्री सडकखण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा प्रहरीले जहरेखेत भित्री कच्चि सडकखण्डबाट पोखरे खोला तर्फ आउँदै गरेको बा १५ च ६९७७ नं.को कारलाई चेकजाँच गर्दा अन्दाजी ४३ के.जी. लागुऔषध गाँजा फेला परेको थियो । प्रहरीले कारसहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।