प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा स्काईभेटर दुर्घटना

२०७९-०८-१९

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङमो गाउँपालिका-५, स्थित रहेको निर्माणाधिन नेपाल सान्जेन खोला जलविद्युत आयोजनाको ड्याम साईडबाट अडिट २ तर्फ जाँदै गरेको स्काईभेटर सडकको छेउ भासिन गई अन्दाजी १०० मिटर तल खस्न गई चालक जिल्ला रसुवा आमाछोदिङमो गाउँपालिका-४, गोल्जुङ बस्ने ४५ वर्षीय कामि घलेको टाउको र शरीरको विभिन्न भागमा चोट र अवस्था बोल्न नसक्ने । उपचारको लागि जिल्ला अस्पताल, धुन्चेबाट काठमाण्डौ मेडिसिटि अस्पताल रिफर गरिएको । 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।