प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-०८-१९

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१, लोथर स्थित वीरगंजबाट चितवन तर्फ जाँदै गरेको ना३ख ३९५० नं.को ट्रक चालक जिल्ला बारा घर भएको अन्दाजी ४८ वर्षीय फिरोजमिया मन्सुरी राप्ति नगरपालिका-१, लोथरमा रोकि चिया खाने क्रममा छात्ती दुखि एक्कासि बेहोस भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा निजको ईसिजि गरी हेर्दा  डा.ले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।