प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन

२०७९-०७-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवन जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई समेत आवश्यक निर्देशन दिनुभएको छ ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।