प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रामेछाप जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुभएको थियो ।

सम्बन्धित समाचार
EV कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८३-०७-२७

मिति २०८३/०७/२७ गते अन्दाजी ०९:०० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.-१६ फुर्तिचोक स्थितमा फुर्तीचोकबाट नविनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नं. को EV कारले ३ जना पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री जिल्ला चितवन भरतपुर म.न.पा.-१५ बस्ने वर्ष ३० की पार्बती भुजेल गम्भिर घाईते भई भरतपुर सरकारी अस्पताल भरतपुर  पठाईएकोमा निजको ऐ. ०९:५४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ भने २ जना पैदल यात्री सामान्य घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सामान्य घाईते भई मेडिकल केलज भरतपुरमा उपचार हुने घाईतेहरू जिल्ला रूपन्देही सिदार्थ न.पा. ४ बस्ने वर्ष ५० की मिठु गुरुङ र जिल्ला रूपन्देही सिदार्थ न.पा. ४ बस्ने वर्ष ५१ को रमेश क्षेत्री रहेको छ । उक्त कार र कार चालक जिल्ला चितवन भरतपुर म.न.पा.-१६ फुर्तिचोक बस्ने वर्ष ३३ को मनोज पौडेल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यात्रुवाहक ईभी हाइस दुर्घटना
२०८३-०७-२६

जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका –०६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।मिति २०८३ ।०७ ।२६ गते बिहान अन्दाजी ०५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित २० जना सवार रहेको खुलेको छ ।दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली खटिई उद्धार कार्य सुरु गरिएको थियो भने उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो ।उद्धारका क्रममा १४ जनाको शव फेला परेको छ भने ६ जना घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन लाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको छ ।मृतकहरूको विवरण :१. जिल्ला सर्लाही, कबिलासी गाउँपालिका –०८ बस्ने वर्ष अन्दाजी ३० का हाइस चालक रविशंकर कुमार मण्डल ।२. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका –०४ सुन्दरपुरटोल बस्ने वर्ष २६ का बिकेश यादव ।३. ऐ.ऐ. बस्ने वर्ष २८ की पुनम यादव ।४. ऐ.ऐ. बस्ने वर्ष ७ की दिक्षा यादव (बालिका) ।५. ऐ.ऐ. बस्ने वर्ष ५ की दिपिका यादव (बालिका) ।६. ऐ.ऐ. बस्ने वर्ष १० की अनु कुमारी यादव ।७. ऐ.ऐ. बस्ने वर्ष ३५/३६ का गुड्डु यादव ।८. ऐ.ऐ. बस्ने वर्ष ३०/३२ की गायत्री देवी ।९. ऐ.ऐ. बस्ने वर्ष २५/२६ का राम दुलार यादव ।१०. ऐ.ऐ. बस्ने वर्ष २४/२५ का सुबोध यादव ।११. ऐ.ऐ. बस्ने वर्ष १५ का रोहन यादव ।१२. ऐ.ऐ. बस्ने वर्ष ३५ का राकेश यादव ।१३. ऐ.ऐ. बस्ने वर्ष २८ का छोटु राय भन्ने रामप्रसाद राय यादव ।१४. ऐ.ऐ. बस्ने वर्ष १७/१८ का सुधेश यादव ।घाइतेहरूको विवरण:१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३ को सुजन यादव, टाउको र मुखमा चोट, अवस्था मध्यम, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर ।२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३१ का बेचु भन्ने देवेन्द्र राय, टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, थप उपचारका लागि मनकामना अस्पताल, भरतपुर रिफर ।३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी १४ महिनाका सुदिप यादव, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर ।उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको विवरण :१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३३ का मुकेश यादव, मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज ।२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ५ का सक्षम कुमार यादव, मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज । ३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २६ का देवेन्द्र राय, मिति २०८३।०७।२६ गते ११:४५ बजे उपचारपश्चात् डिस्चार्ज ।

मानिस मृत अवस्थामा फेला
२०८३-०७-२६

मिति २०८३।०७।२६ गते अन्दाजी ११;०० बजेको समयमा जिल्ला सिन्धुली मरिण गा.पा.-०२ मुङ्ग्रे दोभान बस्ने वर्ष ६५ को मान बहादुर माझी घर देखि अन्दाजी २.५ कि.मि. दक्षिण मरिण खोलापारी बगरमा गाई गोठाला गएकोमा बेलुका गाई बस्तु घरमा आएको र गोठाला गएको मान बहादुर माझी घरमा अबेला सम्म नआएकोले आफन्तले खोजतलास गर्ने क्रममा गाई बस्तु चराएको स्थान देखि ५०० मिटर तल मरिण खोलाको किनारमा पानीमा घोप्टो अवस्थामा लाश फेला परेको भनि स्थानिय बुद्धिलाल बम्जनले ऐ. १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीमा जानकारी गराएको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चोरी गर्ने व्यक्ति नियन्त्रणमा
२०८३-०७-२५

मिति २०८३।०७।२३ गते अन्दाजी २०;३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर न.पा.-४ अख्रेनिटोल डाडागाँउ बस्ने डम्बर चौलागाईको घरमा भरत साहले संचालन गरेको मोटरसाइकल वर्कसवमा लक्ष्मी पुजा गरी ढोका खुल्ला राखी चरिकोट बजारतर्फ गएको मौका छोपी वर्कसपको भित्र रहेको रेड्मी मोबाईल थान-१ (एक), कम्प्युटरको मोनिटर सहित १ सेट चोरी गरेको भनि प्रहरी चौकी सातदोबाटोमा २५ गते निवेदन दिएको हुदा जिल्ला प्रहरी कार्यालय दोलखाबाट टोली खटि गई संकित ब्यक्ति जिल्ला दोलखा कालिन्चोक गा.पा.-६ लेप्टुङ बस्ने वर्ष २५ को अनिल कुमार थापा माथि सोधपुछ तथा अनुसन्धान गर्दा ऐ. वर्कसप भन्दा अन्दाजी ३०० मिटर तल लुकाई छिपाई राखेको अवस्थामा उक्त चोरी भएको सामान बरामद गरी बरामद गरेको सामान र चोरी गर्ने निज थापालाई ऐ.२५ गते १७;०० बजे नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०७-२४

मिति २०८३/०७/२४ गते अन्दाजी १०:५० बजेको समयमा उच्च अदालत काठमाण्डौको मिति २०७८/११/२७ गते  र जिल्ला अदालत धादिङको मिति २०७८/०१/१२ गतेको फैसला कार्यान्वयनको पत्र अनुसार बहुविवाह मुद्दा (१ वर्ष कैद रु.१०,०००/- दश हजार जरिवाना) र बैंकिङ कसुर मुद्धा (१दिन कैद रु. १,१०,०००/- एक लाख दश हजार जरिवाना) भएको फरार प्रतिवादी जिल्ला धादिङ धुनिबेसी नगरपालिका वडा नम्बर-२ मैदाने बस्ने ठुला कान्छा मिजारको छोरा वर्ष अन्दाजी ४२ को जीवन मिजारलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी जिबनपुर र इलाका प्रहरी कार्यालय खानिखोलाबाट टोली खटि गई निजकै घर बाट प्रकाउ गरिएको हो । 

१५० ग्राम लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०७-२३

मिति २०८३।०७।२३ गते अन्दाजी १९:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-२ लोकप्रिय मोड स्थितमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको संयुक्त प्रहरी टोलीले सडक छेउमा शंकास्पद रूपमा बसिरहेकी जिल्ला मकवानपुर बागमती गा.पा.-६ फापरबारी बस्ने वर्ष अन्दाजी २५ की रुपा विश्वकर्मालाई रितपुर्वक खानतलासी गर्दा निजको दाहिने हातमा समाती राखेको अवस्थामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-साना प्लाष्टिकको २ वटा पुरिया तौल गर्दा १५० मिलिग्राम फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।