प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ नेवारपानी बस्ने शंकर पहरीको श्रीमति ४४ वर्षीय दिलमाया पहरीको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा तरकारीमा किरा मार्ने साईफर मेथिन नामक बिषादी सेवन गरी गम्भिर बिरामी भएकी थिईन । निजको उपचारको लागी निजको श्रीमानले चुरेहिल अस्पताल ल्याई उपचार गराई रहेकोमा निज दिलमाया पहरीको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।