प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागिबाट लाखौंको क्षति

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने छत्र बहादुर सुनुवारको घरमा चुरोट सल्काउनको लागि बालिएको आगोको लप्काले नजिकै रहेको काठले बनेको एकतले घर र ईटा सिमेन्टले बनेको भुकम्प रहित निर्माण भएको घर मा आगोलागि भएको छ । आगलागि हुँदा घर र घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भँडाकुडा,२ वटा खसि, ४० कुखुरा, १५ बटाई जलि नष्ट भइ अन्दाजी १६ लाख बराबरको क्षति भएको छ । आगोबाट कुनै मानबिय क्षति नभएको उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा पुर्ण रुपमा नियण्त्रणमा आएको हो । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।