प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्रक र लागुऔषध गाँजा नियन्त्रणमा

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-५ भण्डारा चोक स्थितमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा ट्रक सहित लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आएको ट्रक पुर्वबाट पश्चिम तर्फ गई रहेको UP78BT 8570 नम्बरको ईन्डियन डिब्बा ट्रक रहेको थियो । उक्त ट्रकमा अबैध रुपमा लुकाई ल्याएको लागुऔषध गाँजा ३०० के.जी. फेला परेको हो । चालक ट्रक छोडी फरार रहेको, फरार चालकको खोजतलाश कार्य प्रहरीले जारी राखेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।