प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९ भलाद्मी चोक स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउने जिल्ला महोत्तरी एकटाँगा गाउँपालिका-४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोहि बस्ने २२ वर्षीय कमल भन्ने रहेका छन् । निजहरुलाई प्रहरीको विशेष टोलीले मनहरी-९ भलाद्मी चोक स्थित पैदल हिडिरहेको बेला चेकजाँच गर्दा निजहरुको साथबाट अन्दाजी १५ के.जी. लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।