प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०४-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ भैरबरोड स्थित चिल्ड्रेन पार्क नजिक रहेको चौतारी होटलबाट प्रहरीले लागुऔषध सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त चौतारी होटेलमा बसिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स १३ बोतल (प्रति बोतल १०० ml) फेला परेको थियो । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न:

१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.२ संगमचोक बस्ने बर्ष अं. ४९ को राजेश श्रेष्ठ ।

२.ऐ.ऐ. ४  फरेष्टि बस्ने बर्ष अं. ५४ को रामजकाजि श्रेष्ठ ।

३.ऐ.ऐ.१३ आदामार  बस्ने बर्ष अं. २६  कि आहाना भन्ने अल्बिना तामाङ ।

४. ऐ.ऐ.१२ पदमपोखरि घर भई हाल ऐ.११ थानाभर्‍याङ बस्ने बर्ष अं. २५ कि ईसा घलान ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।