प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१५ लच्का स्थित पुर्व-पश्चिम सडक खण्डमा हेटौंडाबाट पथलैयातर्फ जादै गरेको बा.प्र.०३-००५प ३६८८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा  चालक ऐ.ऐ. दमार बस्ने वर्ष २४ को संजय जिम्बा घाईते भई उपचारको लागि हेटौडा अस्पताल पठाइएको, बाँया छाति कुम,दाहिने हात र घाटिमा चोट,अवस्था गम्भिर, मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।