प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-११

  • A
  • A-
  • A+
Share

दोलखा, गौरीशंकर गाउँपालिका-३ डिगर्पु बस्ने दिल बहादुर बस्नेतको छोरा २३ वर्षीय यान बस्नेत आफ्नो घर देखि अन्दाजी ३०० मिटर दक्षिण तर्फ रहेको खोल्सामा काफलको रुखमा नाइलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटना बारे प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।