प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय, भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौं तर्फ आउदै गरेको बा.४.ख ५०४९ न.को हाईसमा सवार जिल्ला सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको निम्न अनुसारको लागु औषध जस्तो देखिने ट्याबलेट र अबैध लागुऔषध गाँजा सहित निज सन्तोष हलुवाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

                                                                        निम्न

१)     NITRAVET-10 लेखिएको ठुलो १३ पत्तामा १ पत्तामा ३० पिसको दरले जम्मा ३९० पिस हुनुपर्नेमा १ पत्तामा ४ वटा खालि रहेको गरी जम्मा  ३८६ पिस रहेको र सानो २ पत्तामा १ पत्तामा १५ पिसको दरले ३० पिस गरी जम्मा ४१६ पिस रहेको ।

२)     Nitrosun-10 लेखिएको ठुलो ५ पत्तामा २० पिसको दरले जम्मा १०० र सानो १ पत्तामा ५ पिस रहेको जम्मा १०५ पिस रहेको ।

३)     SPASMO PROXYVON PLUS ठुलो ३ पत्तामा २४ पिसको दरले ७२ पिस र सानो १ पत्तामा ८ पिस रहेको गरी जम्मा ८० पिस रहेको ।

४)     अबैध ला.औ.गांजा पत्रिकामा पोका पारी ल्याएको १८ वटा पोकामा जम्मा तौल ९३ ग्राम २२० मिलिग्राम रहेको ।

५)     पत्रिकाको पोकामा बेरेर ल्याएको ३ पिस खुल्ला ला.औ. जस्तो देखिने सेतो रङगको ट्याब्लेट समेत रहेको ।

६)     जम्मा २४ पत्तामा ६०४ पिस ३पिस खुल्ला सहित

 

 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।