प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

शंकास्पद नक्कली पैसा सहित मानिस नियन्त्रणमा

२०७८-१२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौँ तर्फ आउदै गरेको बा.२ ज ४३६७ न.को ट्याक्सीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्याक्सीमा सवार निम्न मानिसहरुको साथमा रहेको झोला भित्र नक्कली नोट जस्तो  देखिने हजारको नोट भएको बिट्टा प्लास्टिकले बेरेर ल्याएको ५ (पाँच ) पोका पैसा र पैसा बनाउन प्रयोग गरिने सेतो पेपर १ बिट्टा फेला परेको थियो । प्रहरीले उक्त ट्याक्सी,चालक तथा सवार दुबै जना लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानक कार्य गरिरहेको छ ।  

निम्नः- नियन्त्रणमा रहेको मानिसजहरुः-

१)     जिल्ला सिन्धुपाल्चोक मेलम्ची-१३ घर भई हाल जिल्ला काठमान्डौ काठमान्डौ महानगरपालिका-९ बस्ने बर्ष ३२ को समिर पाण्डे ।

२)     जिल्ला खोटाङ खुट्टेह्याङ गाउँपालिका-९ बस्ने बर्ष २३ को भुमिराज अधिकारी ।                  

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।