प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

शंकास्पद नक्कली पैसा सहित मानिस नियन्त्रणमा

२०७८-१२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौँ तर्फ आउदै गरेको बा.२ ज ४३६७ न.को ट्याक्सीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्याक्सीमा सवार निम्न मानिसहरुको साथमा रहेको झोला भित्र नक्कली नोट जस्तो  देखिने हजारको नोट भएको बिट्टा प्लास्टिकले बेरेर ल्याएको ५ (पाँच ) पोका पैसा र पैसा बनाउन प्रयोग गरिने सेतो पेपर १ बिट्टा फेला परेको थियो । प्रहरीले उक्त ट्याक्सी,चालक तथा सवार दुबै जना लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानक कार्य गरिरहेको छ ।  

निम्नः- नियन्त्रणमा रहेको मानिसजहरुः-

१)     जिल्ला सिन्धुपाल्चोक मेलम्ची-१३ घर भई हाल जिल्ला काठमान्डौ काठमान्डौ महानगरपालिका-९ बस्ने बर्ष ३२ को समिर पाण्डे ।

२)     जिल्ला खोटाङ खुट्टेह्याङ गाउँपालिका-९ बस्ने बर्ष २३ को भुमिराज अधिकारी ।                  

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।