प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९७९९ नं.को WINGER गाडिको १ नं. सिटमा सवार जिल्ला झापा बिर्तामोड नगरपालिका-७ बस्ने २४ वर्षीय सागर दर्नालले बोकेको कालो झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध जस्तो देखिने निम्न अनुसारको औषधी सहित निज सागर दर्नाललाई  प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

निम्न अनुसारको औषधीहरूः

१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

२)     SPASPAIN- लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

३)     Paracetamol Tablets IP 500 Mg Parashang लेखिएको ९ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ९ पिस मात्र रहेको )

४)     TRAID -१ पत्ता १० पिस मात्र

५)     PREGABA ७५ लेखिएको १ पत्ता १० पिस

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।