प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९७९९ नं.को WINGER गाडिको १ नं. सिटमा सवार जिल्ला झापा बिर्तामोड नगरपालिका-७ बस्ने २४ वर्षीय सागर दर्नालले बोकेको कालो झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध जस्तो देखिने निम्न अनुसारको औषधी सहित निज सागर दर्नाललाई  प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

निम्न अनुसारको औषधीहरूः

१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

२)     SPASPAIN- लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

३)     Paracetamol Tablets IP 500 Mg Parashang लेखिएको ९ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ९ पिस मात्र रहेको )

४)     TRAID -१ पत्ता १० पिस मात्र

५)     PREGABA ७५ लेखिएको १ पत्ता १० पिस

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।