प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध किट-नाशक औषधी सहित मानिस नियन्त्रणमा

२०७८-१२-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित ना.१ ज.४७७६ नं.को भाडाको म्याजिक प्रयोग गरी  प्रतिबन्धित किटनाषक औषधी र अवैध मल बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त नं.को म्याजिकमा लुकाई छिपाई राखेको १७ बोरा बिनग्रो जी र ५ कार्टुन जिल सहित जिल्ला सर्लाही बसपडिया गाउँपालिका-६ बस्ने ३२ वर्षीय सन्तोष साह र जिल्ला चितवन माडी नगरपालिका-९ बगही बस्ने ३२ वर्षीय गिरेन्द्र दुरा लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित भाडामा लिएको कोठा भित्र लुकाई छिपाई राखेको बिनग्रो जी ३२ बोरा र जिल ११ कार्टुन गरी जम्मा बिनग्रो जी ४९ बोरा र जिल १६ कार्टुन फेला पारेकोले उक्त किटनाषक औषधि सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।