प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरमा माथिल्लो भेगबाट लोथर बजार तर्फ लागुऔषध गाजाँ बोकि आईरहेका ब्यक्तिहरुलाई बिशेष सुचना आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक र प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले चार (४) वटा बोरामा बोकि ल्याएको लागुऔषध गाजाँ अन्दाजी ९५ के.जि. र गाजाँ बोकि आईरहेका निम्न स्थान बस्ने निम्न मानिसहरु सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।

निम्न:

१)     जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ सुगौरा बस्ने वर्ष ५३ को बुद्धि बहादुर थिङ ।

२)     जिल्ला धादिङ रोराङ गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी ३० को मान बहादुर चेपाङ।

३)     सोही बस्ने वर्ष अन्दाजी ३९ को सन्त बहादुर चेपाङ ।

४)     जिल्ला चितवन राप्ति नगरपालिका-११ बस्ने वर्ष अन्दाजी ५५ को सन्च बहादुर थिङ ।

५)      घट्ना स्थलमा गई सर्च गर्ने क्रममा प्लाष्टिकको झोलामा थप अन्दाजी ५ के.जि. लागुऔषध गाँजा फेला परेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।