प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित राप्तिखोलामा ट्याक्टर दुर्घट्ना भई चालकको मृत्यु भएको छ । भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नं.को खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाचि दुर्घट्ना हुँदा ट्याकटर चालक राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङतान पानिमुनि ट्याक्टरले च्यापि मृत अवस्थामा फेला परेका थिए । उक्त ट्याक्टरमा सवार सोहि बस्ने १६ वर्षीय बिशाल बल भने पौडिएर स-कुशल रहेको । यस घट्नाको सम्बन्धामा प्रहरीले मुचुल्का सहितको कार्य गरि थप अनुसन्धान पनि गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।