प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्र.ना.नि. को कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । बर्दिबासबाट काठमाण्डौं तर्फ जाँदै प्र ३-०१-००५ ख ९७१४ नं.को Winger गाडिको चालक साईडको ६ नं.सिटमा सवार जिल्ला धनुषा धनुषाधाम नगरपालिका-६ मालटोल बस्ने २४ वर्षीय फुच्चे अछामिले बोकेको कालो रङको भिर्ने झोला चेकजाँच गर्दा उक्त झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (२२ पोका) अन्दाजी ९६ (छयानब्बे) ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।