प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित गाडी र मानिस नियन्त्रणमा

२०८३-०५-२३

  • A
  • A-
  • A+
Share

मिति २०८३।०५।२३ गते अन्दाजी ०२:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाँउपालिका-०९ भाबर स्थित भित्री सडकखण्डमा भाबरबाट  खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कार र  ग २ च ६१५ नं. को पिकअप गाडी  चेकजाँच गर्न रोक्न खोज्दा ग २ च ६१५ नं. पिकअप गाडि भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको र बा.प्र.०१-०२५ च ०८७७ नं. कारको भित्र सिटमा लुकाई छिपाई प्लाष्टिकले बेरिएको अवस्थामा  १३ पोका लागुऔषध गाँजा बरामद भएको, उक्त पिकअप गाडिको चालकले स्कटिङ् गर्दै कारलाई ल्याउदै गरेको अनुसन्धानबाट खुल्न आएकोले लागुऔषध गाँजा, दुबै चालक, दुबै गाडीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको, बरामद भएको गाँजा तौल गर्दा १६२.७९४ किलो रहेको, प्रकाउ पर्नेमा कार चालक जिल्ला चितवन माडी नगर पालिका वडा नं.०५ धोबाहा बस्ने बर्ष ५६ को देव नारायण महतो र पिकअप चालक जि. चितवन भरतपुर म.न.पा. वडा नं. २४ बस्ने  बर्ष ४८ को टेक बहादुर दोङ रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।