खोलामा हामफालेको मानिसलाई उद्धार गरेको सम्बन्धमा
२०८३-०५-२३
- A
- A-
- A+
मिति २०८३।०५।२३ गते अन्दाजी १५:०० बजेको समयमा जिल्ला
काभ्रे भुम्लु गाँउपालिका-१० चाखोला स्थित अरनिको राजमार्ग सडक छेउबाट
काठमाण्डौबाट चौतारा तर्फ जादै गरेको प्रदेश ०३-००१ ज ४०५ नं.को ईभि. गाडीमा सवार
यात्रु जिल्ला नुवाकोट बिदुर नगरपालिका- ८ घर भई हाल नेपाली सेनाको श्री
ईन्द्रध्वज गण चौतारामा कार्यरत अमल्दार
वर्ष अन्दाजी २९ को आशिष रानाले पिसाब लाग्यो गाडी रोक्नु भनि गाडीबाट
अचानक झरि सडकबाट अन्दाजी १५ मिटर तल चाखोलामा मर्छु भनि हाम फालेको छ भन्ने खबर
प्राप्त हुना साथ उक्त स्थानमा प्रहरीको टोली खटि गई निजलाई उद्धार गरि उपचारको
लागि दोलालघाट पोलिक्लिनिक अस्पताल पठाएको, शरिरमा कुनै पनि चोट नदेखिएको अवस्था
सामान्य, थप उपचारको लागि नेपाली सेनाको छाउनी अस्पताल काठमाण्डौ पठाईएको आवश्यक
अनुसन्धान कार्य भईरहेको ।