३८ ग्राम लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
२०८३-०५-२०
- A
- A-
- A+
जिल्ला मकवानपुर
हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो
हेरोइनसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले
पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३
प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ
पर्नेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन
तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढे बस्ने २४
वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन् । खानतलासीका क्रममा उनीहरूको
साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला पारेको
र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।