रसुवा बाढी: हालसम्म ७४७ जनाको शव फेला
२०८३-०५-१९
- A
- A-
- A+
रसुवामा आएको विनाशकारी बाढीका
कारण शुक्रवार बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय ४७
जनाको शव फेला परेको छ ।
जसमध्ये महिला १६० जना, बालिका
२० जना, पुरुष २८३ जना, बालक ११ जना र नखुलेको २७३ जना रहेको मुचुल्ला गर्न बाँकी शवहरूको
मुचुल्का कार्य भईरहेको । भेटिएका शवहरु मध्ये ५४ जनाको सनाखत भई सम्बन्धितलाई
जिम्मा दिइसकिएको, हालसम्म महिला १५१२
जान, पुरुष २७१३ जना र घाईते अवस्थामा ८३ गरी
कुल ४३०८ जना लाई उद्दार गरि सुरक्षित
स्थानमा राखिएको, सालसम्म मौखिक र लिखित रुपमा गरी ३२४० जनाले मानिस हराएको उजुरी
प्राप्त भएको, पहिचान नभएको शवहरुको विवरण नेपाल प्रहरीको वेबसाईट अपलेड गरिएको, प्रहरीले
बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा
राख्ने, विभिन्न निकाय र स्थानीयवासीको
समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो
अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।