प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवा बाढी: हालसम्म ७४७ जनाको शव फेला

२०८३-०५-१९

  • A
  • A-
  • A+
Share

रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रवार बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय ४७ जनाको शव फेला परेको छ । 

जसमध्ये महिला १६० जना, बालिका २० जना, पुरुष २८३ जना, बालक ११ जना र नखुलेको २७३ जना रहेको मुचुल्ला गर्न बाँकी शवहरूको मुचुल्का कार्य भईरहेको । भेटिएका शवहरु मध्ये ५४ जनाको सनाखत भई सम्बन्धितलाई जिम्मा दिइसकिएको, हालसम्म  महिला १५१२ जान, पुरुष २७१३ जना  र घाईते अवस्थामा ८३ गरी कुल ४३०८ जना लाई उद्दार  गरि सुरक्षित स्थानमा राखिएको, सालसम्म मौखिक र लिखित रुपमा गरी ३२४० जनाले मानिस हराएको उजुरी प्राप्त भएको, पहिचान नभएको शवहरुको विवरण नेपाल प्रहरीको वेबसाईट अपलेड गरिएको, प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।